२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी उत्पादक संघको अध्यक्षमा प्रधान निर्वाचित

औषधी उत्पादक संघको अध्यक्षमा प्रधान निर्वाचित


काठमाडौं– नेपाल औषधी उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । प्रधानले ३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।

शुक्रबार संघको २९ औं वार्षिक साधारणसभाबाट प्रधानका निकटतम प्रतिद्वन्द्वी विप्लव अधिकारीलाई १९ मतले पराजित गर्दै उनी अध्यक्ष बनका हुन् । यससँगै यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका प्रधान आगामी कार्यकालका लागि अध्यक्षको जिम्मा लिने भएका हुन् ।

त्यस्तै सदस्यतर्फ दीपककुमार तिबडेवाल, सुमित चन्द्र श्रेष्ठ, ईश्वर कुमार भण्डारी, सजल राज रेग्मी, सुदर्शन खेगुली, गिरिराज पाठक (गणेश ), पृथ्वी राज भण्डारी (निजु), डा. पंकजकुमार तिवारी, शैलेस बै, सन्तोष बराल र प्रभात रुङ्गटाले सदस्य पदका उम्मेदवारी दिएका थिए  ।

यीमध्ये पृथ्वी राज भण्डारी र सजल राज रेग्मी पराजित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ५३ जना प्रतिनिधिले मतदान गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ