२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसदीय समितिद्वारा चिकित्सकहरु पेशागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न निर्देशन

संसदीय समितिद्वारा चिकित्सकहरु पेशागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न निर्देशन


काठमाडौं—संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले चिकित्सकहरुलाई पेशागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार समितिका सभापति भानुभक्त जोशीको सभापतित्वमा बसेको बैठकले चिकित्सकमाथि भएका दुर्व्यवहारका घटनाप्रति खेद प्रकट गरेको छ ।

समितिले दोषीउपर नियमानुसार कारवाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाएर सेवा प्रवाहको वातावरण गर्न पनि निर्देशन दिएको छ ।

समितिले वार्तामार्फत चिकित्सकहरु एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्तामार्फत गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । साथै, समितिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षामा सरकार गम्भीर रहेको बताए । उनले आन्दोलन फिर्ता लिएमा एक घण्टाभित्र स्वास्थ्य संस्थामा प्रहरी पठाउने व्यवस्था गर्ने बताए । ‘तपाईहरु आन्दोन फिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं,’ उनले भने ।

बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिकित्सकहरु असुरक्षित भएको ठाउँमा प्रहरी राख्नेबारेमा सहमति भएको समेत बताए ।

गृहसचिव दिनेश भट्टराईले सरकार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन कार्यन्वयनमा प्रतिवद्ध रहेको बताए । उनले वार्ताद्वारा सम्बाधेन हुन सक्ने, दीर्घकालीन नीतिगत कुराहरुलाई सडकमा ल्याएर सर्वसाधारण प्रभावित हुने गरी सेवा अवरुद्ध नगर्न आग्रह गरे ।

समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत, गृह मन्त्रालयका सचिव भट्टराई र स्वास्थ्य सरोकारवाला संघसंसथका प्रतिनिधीहरुको उपस्थिती थियो । स्वास्थ्यसँग सरोकारवाला प्रतिधिनीहरुले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ