गृहपृष्ठ ∕ समाचार ∕ राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो हेल्थ आवाज शुक्रबार, २०८० असोज १२ गते, १४:२७ मा प्रकाशित काठमाडौं- राज्यले एचआइभी सङ्क्रमितलाई बेवास्ता गरेको सरोकारवालाले बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले राज्यबाट पाउने आधारभूत सेवा र अवसरबाट वञ्चित भएको बताएका हुन् । कार्यक्रममा बोल्दै एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी सङ्क्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन बाध्य गराएको बताए । एचआइभी सङ्क्रमित भएकै कारण विद्यालय र सेवा लिन पुगेको स्वास्थ्य संस्थाबाट निष्कासन हुनुपरेका अवस्था बताउँदै सङ्क्रमितहरू शिक्षाबाट वञ्चित भएको उनको भनाई छ । जन्मजात एचआइभी सङ्क्रमित बालबालिकाहरूको जनदर्ता गराउनसमेत बाधा पुगेको उनी बताउँछन् । ‘देशभर १८ वर्ष भन्दा मुनिका १०७६ बालबालिका एचआइभी सङ्क्रमित छन् । उनीहरू जन्मँदै एचआइभी सङ्क्रमित हुन् । सङ्क्रमित मध्ये ५३ जना बच्चाहरूको जन्म दर्ता हुन सकेको छैन ।’ उनले भने– ‘राज्यले हरेक जाती भाषा, समुदायलाई कानुनी अधिकार दिएको छ तर, एचआइभी सङ्क्रमितमा भएको विभेद, भेदभाव र अधिकारको कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।’ कार्यक्रममा सहभागी मिलन खड्काले एचआइभी सङ्क्रमित खुलेर विद्यालय जाँदा निष्कासन हुनुपर्ने बाध्यता रहेको बताए । नेपालमा सम्मानकासाथ बाँच्न पाउने वातावरण नभएको र सरकारले विदेश जान रोक लगाएकोप्रति उनले दुखेसो पोखे । । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया