काठमाडौं—गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)अनुसार दोषीमाथि कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिने जनाएको छ । बुधबार गृहले एक विज्ञप्ती जारी गर्दै उक्त ऐनमा व्यवस्था भएअनुसार स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी समन्वय समितिको बैठक नियमित रुपमा राखेर प्रभावकारी कार्यन्वयन गर्ने समेत जनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित निकायका सरोकारवालाहरुको संयुक्त बैठकपछि गृहले उक्त विज्ञप्ती जारी गरेको हो ।
गृह प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा देशका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)ले गरेको कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्थाहरु सबैले देख्ने गरी स्वास्थ्य मन्त्रालयले राख्ने व्यवस्था गर्नेसमेत उल्लेख छ ।
कास्की जिल्लाको घटनामा दोषी देखिएको प्रहरी अधिकारी एक जनालाई काठमाडौं सरुवा गरिएको अर्कोलाई निलम्बन गरिएको पनि मन्त्रालयले जनाएको छ । जबकी उक्त घटनामा छानविन नै भएको छैन ।