२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘उपचारमा चित्त नबुझे डाक्टर कुट्ने होइन, मेडिकल काउन्सिलमा उजुरी गर्नु’

‘उपचारमा चित्त नबुझे डाक्टर कुट्ने होइन, मेडिकल काउन्सिलमा उजुरी गर्नु’


काठमाडौं– देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा डाक्टर तथा स्वास्थ्यकर्मीहरुमाथि भौतिक आक्रमणका घटना बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार काउन्सिलले एक प्रेस विज्ञप्ती जारी गर्दै बिरामीको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको दुःखद् निधनको विषयलाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलले चिकित्सकले बिरामीको उपचार गर्ने क्रममा कुनै लापरवाही वा हेलचेक्रयाइ भई कुनै घटना भएको भए त्यस सम्बन्धि गुनासो सुन्ने वा छानविन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको उल्लेख गरेको छ । ‘बिरामीको उपचारका क्रममा चिकित्सकको लापरवाही वा कुनै घटना भए त्यस सम्बन्धि गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाहरुको छानविन भइरहेको व्यवहोरा अवगत गराउन चाहन्छौं,’ काउन्सिलले भनेको छ ।

उसले उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारेमा काउन्सिलमा उजुरी नगरी नगरी चिकित्सकमाथि भौतिक आक्रमण गर्ने कार्य कसैलाई पनि हित नगर्ने जनाएको छ ।

‘पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असरबारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गराउने स्थललाई शान्ति र भयरहित बनाउन हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपील गर्दछ,’ काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तीमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ