२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण

सुमेरु अस्पताल धापाखेलमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण


काठमाडौं–धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मृगौला प्रत्यारोपण गरेका छन् । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी गत असोज ३ गते बुधवार दुई परिवार बीच मृगौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) गरको जनाएको हो ।

मृगौला ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्वमा सिनियर सर्जन डा.डिभि कार्की, डा. किरणप्रसाद श्रेष्ठ डा. जियाउल हक नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललितकुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा, डा. एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतको टिमले मृगौला प्रत्यारोपण सम्पन्न गरेका हुन् ।

मृगौला प्रत्यारोपण निरन्तर हुदै आएकोमा यो विशेष खालको (स्वाप पेयर एक्सचेञ्ज) जस्तो कठिन शल्याक्रिया सफलतापूर्वक सम्पन्न गर्न अस्पताल सफल भएको छ ।

नेपालमा दाताको अभावका कारण मृगौला प्रत्यारोपणको प्रमुख चुनौती बनेको छ । कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यवस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या रहेको छ ।

मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यवस्थाबारे धेरै बिरामी तथा परिवारमा जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ । यस्तो अवस्थाको अन्त्य हुन सके देशभरका मृगौला पीडितले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुन सक्ने अस्पतालले जनाएको छ ।

हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ