चिकित्सकसँग वार्ता गर्न पाँच सदस्सीय वार्ता समिति

तस्विरः नवराज वाग्ले/हेल्थआवाज
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकसँग वार्ता गर्न समिति गठन गरेको छ । आइतबार मन्त्रालयले चिकित्सकहरुको हकहित र सुरक्षाका विषयमा छलफल गर्न पाँच सदस्सीय वार्ता समिति गठन गरेको जनाएको हो ।
आइतबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता समिति बनाएका हुन् । समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव रहने गरी समिति गठन गरेको छ ।
उक्त समितिले चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आइतबार बिहान ११ बजेदेखि वार्ता सुरु गर्ने जनाएको थियो । अबको केही बेरमा सम्बन्धित निकायसँग छलफल सुरु गरी विवादको समाधान गरिने मन्त्रालयले जनाएको छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
- ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
तपाईको प्रतिक्रिया दिनुहोस