२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको आत्महत्या सम्बन्धी अभिव्यक्ति असहिष्णु र घृणात्मक : आयोग

स्वास्थ्यमन्त्रीको आत्महत्या सम्बन्धी अभिव्यक्ति असहिष्णु र घृणात्मक : आयोग


काठमाडौं—राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्ति असहिष्णु र घृणात्मक भएको बताएको छ । शुक्रबार आयोगले विज्ञप्ती जारी गर्दै मन्त्री बस्नेतले कर्मचारीलाई पटक—पटक ‘आत्महत्या गर्ने भए डोरी दिन्छु मेरो गेटमा आएर झुण्डिनु’ भनेको अभिव्यक्ति असहिष्णु र घृणात्मक भएको उल्लेख गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय देशका विभिन्न भागमा घटेका घटना र सार्वजनिक पदमा बसेका व्यक्तिहरुबाट आएका अभिव्यक्तिहरुमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । साथै, त्यस्ता क्रियाकलापलाई छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आयोगले हेटौडामा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि अस्पतालका चिकित्सकहरुले दिएको राजीनामा, सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयरले सिंहदरबार जलाउने धम्की दिएको विषय, कांग्रेस सह—महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमला, पाँचथरका प्रदेश संसद खगेन सिंह हाङ्मगामाले प्रहरी अधिकृतलाई दिएको धम्कीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमा यसप्रकारका आपराधिक र अराजक गतिविधीले अराजकतालाई प्रश्रय दिने र शान्ति सुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने उल्लेख छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्न सक्ने असर प्रति जिम्मेवार व्यक्तीले सधै ध्यान पु¥याउन आयोगले सुझावसमेत दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ