२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानका एक अधिकृत विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर

विपी प्रतिष्ठानका एक अधिकृत विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा दायर


काठमाडौं–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक कर्मचारी विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध  सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले साहले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बिजुलीको महसुल संकलन गरी ३३ लाख २० हजार २२६ रुपैयाँ हिनामिना गरेको अनुसन्धानमा खुलेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा  ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानी, नोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन माग दावी लिई सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

व्यवसायीहरुबाट विद्युत महसुल वापतको रकम उठाई विद्युत महसुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेको उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा आयोगले मुद्धा दायर गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ