२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन

एन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन


काठमाडौं– नेपालमा प्रतिजैविक (एन्टीमाइक्रोबियल) औषधिको लेवलमा रातो धर्का राखिने भएको छ । औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै उत्पादक तथा आयातकर्तालाई समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिहरुको प्राइमरी र सेकेन्डरी प्याकिङ्को लेवलमा रातो धर्का राख्न निर्देशन दिएको हो ।

रातो धर्सा भनेको चेतावनी स्वरुप कोरिने विशेष संकेत हो । रातो धर्साको संकेतले डाक्टरको सुझाव वा प्रेस्क्रिप्सनबिना खान नहुने औषधि भनेर बुझ्न पर्दछ । प्रतिजैविक औषधिहरुको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तराष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरुको ‘प्राइमरी’ र ‘सेकेन्डरी’ प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास गराउँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले तयार गरेको ग्लोबल याक्सन प्लान र सोहि आधारमा नेपालमा पनि नेशनल याक्सन प्लान तयार गरी सकेको र लागु गर्ने चरणमा रहेको छ ।

औषधि सल्लाकार समितिको ५५ औं बैठकले विभागलाई सिफारिस गरी आएकोमा २०८०/०५/११को विभागीय निर्णयानुसार प्याकिङ्ग सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिना पछि उत्पादन हुने औषधिहरुमा अनिवार्य रुपमा प्याकिङ्गको लेवलमा रातो धर्का राख्नुपर्ने विभागले जनाएको छ ।

औषधिको लेवलमा रातो धर्का राख्दा प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न तथा सो सम्बन्धि चेतनामुलक संदेश प्रवाह गर्ने विभागले विश्वास लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ