२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा पनि कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरिदैं

वीर अस्पतालमा पनि कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरिदैं


काठमाडौं–अब पटक्कै कान नसुन्ने समस्या भएका बिरामीका लागि वीर अस्पतालले पनि ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गर्ने भएको छ । शनिबार दुई जना बिरामीको निःशुल्क शल्यक्रियामार्फत कोक्लियर इम्प्लान्ट’ सेवा सुरु गरिने भएको हो ।

अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभागका पूर्व विभागीय प्रमुख तथा कोक्लियर इम्प्लान्टका संयोजक प्रा.डा. दिपेन्द्र श्रेष्ठका अनुसार वीर अस्पतालले पहिलोपटक यो सेवा सुरु गर्न लागेको हो । यसमा भारतका चिकित्सक डा. हर्षले नेपाल आएर वीर अस्पतालका चिकित्सकहरुलाई सघाउनेछन् ।

यसअघि नेपाल सरकारको अनुदान सहयोगमा त्रिवि शिक्षण अस्पतालले यो सेवा दिदैं आएको थियो । नेपाल सरकारले एक बिरामीका लागि ६ लाख रुपैयाँ उपलब्ध गराउँदैं आएको छ ।

पूर्व विभागीय प्रमुख तथा कोक्लियर इम्प्लान्टका संयोजक डा. श्रेष्ठले तत्काललाई वीर अस्पताल र ईएनटी विभागले इम्प्लान्ट बनाउने कम्पनी र अन्य संस्थासँग मिलेर यो सेवा सुरु गर्न लागिएको बताए । निजी अस्पतालहरुमा बिरामीले यो सेवा लिनको लागि १० लाख रुपैयाँ भन्दा बढी खर्च गर्नुपर्छ ।

‘यो अति महंगो उपचार हो । तत्काललाई हामीले निःशुल्क गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘नेपाल सरकारले पनि अनुदान दिदैं आएको छ । यहाँ सेवा सुरु भएपछि नेपाल सरकारबाट अनुदान पनि माग्छौ ।’ कान नसुन्ने बिरामीका लागि वीर अस्पतालमा यो सेवामार्फत उपचार सुरु गर्न लागिएको उनले जानकारी दिए ।

आइतबारबाट नै नेपाल मेडिसिटी अस्पतालले पनि कोक्लियर इम्प्लान्ट सेवा सुरु गर्दैछ । त्यहाँ एक जनाको निःशुल्क कोक्लियर इम्प्लान्ट गरिनेछ ।

के हो त कोक्लियर इम्प्लान्ट

मान्छेको कानभित्र कक्लिया हुन्छ । यसैको माध्यमबाट मानिसले सुन्ने काम गर्छ । कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति हराउँछ र कान सुन्न सकिँदैन् ।

कक्लिया बिग्रनुमा विभिन्न कारण छन् । कुनै वंशाणुगत हुन्छ भने कुनै जन्मजात राम्रोसँग विकास हुँदैन् । कतिपय अवस्थामा विभिन्न खालका संक्रमणले कक्लियामा समस्या ल्याउँछ ।

सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्नसक्छ । बढी ज्वरो आउने, मेनेन्जाइटिस हुने, हाँडे आउनेजस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ ।

कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने डा. श्रेष्ठ बताउछन् । ‘कक्लियाले हाम्रो बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पु¥याउँछ,’ उनी भन्छन्, ‘कक्लियाले काम नगरेको अवस्थामा पटक्कै कान नसुन्ने समस्या हुन्छ । त्यहीकारण यो डिभाइस कक्लियाको विल्कप हो ।’ कोक्लियर इम्प्लान्ट संयन्त्र कानको शल्यक्रिया गरी राखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ