२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि १७ भदौंमा प्रस्तुतीकरण १८ भदौंमा अन्तर्वार्ता हुने

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि १७ भदौंमा प्रस्तुतीकरण १८ भदौंमा अन्तर्वार्ता हुने


काठमाडौं—चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो । बिहीबार एक सूचना प्रकाशित गर्दै समितिले १७ भदौंमा प्रस्तुतीकरणको समय तोकेको छ ।

यसैगरी, १८ गते भने उम्मेदवारहरुको अन्तर्वार्ता हुनेछ । समितिले प्रस्तुीकरण र अन्तर्वार्ताका लागि एक घण्टा अगावै उपस्थित हुन भनेको छ ।
साथै समितिले पावर प्वाइन्ट प्रिजेन्टेसनको इलेक्ट्रोनिक्स कपी भने शुक्रबार ३ बजेभित्र सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय सिंहदरबारमा पेश गर्न भनेको छ ।

आयोगको कार्यकारी उपाध्यक्षका लागि अहिलेका कार्यकारी उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसहित ९ जनाको आवेदन परेको छ । जसमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र रहेका छन् । यसैगरी, डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधी पौडेल, डा. संगीता सिंह भण्डारी र डा. सुमनकुमार श्रेष्ठले आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् ।

सिफारिस समितिले यी मध्येबाट उत्कृष्ट तीन जनाको नाम आयोगको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस समितिले सिफारिस गरेका तीन जना व्यक्तिबाट एक जनालाई कार्यकारी उपाध्यक्ष नियुक्त गर्नेछ ।

अहिलेका कार्यकारी उपाध्यक्ष डा. गिरीको कार्यकाल यही महिना सकिदैंछ । जसका कारण नयाँ उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ