२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षका लागि १० जनाको आवेदन

चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षका लागि १० जनाको आवेदन


काठमाडौं—चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । उपाध्यक्ष सिफारिस समितिले आवेदन लागि तोकेको शुक्रबार अन्तिम दिनसम्म १० जनाको आवेदन परेको हो ।

आवेदन दिनेहरुमा प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. पियुष दाहाल, प्रा.डा. अन्जनीकुमार झा, प्रा.डा. संगीता भण्डारी, प्रा.डा. विधाननिधी पौडेल, प्रा.डा. प्रवीण मिश्र, *एशोसियट प्रोफेसर डा. प्रमोद यादव,  *प्रा.डा मेनन गोर्खाली , प्रा. डा.  विएन यादव र प्रा. डा. सुमन श्रेष्ठ रहेका छन् ।

डा. गिरी अहिले आयोगका कार्यकारी उपाध्यक्ष छन् भने डा. भण्डारी राप्तीकी पूर्व उपकुलपति हुन् , डा. अन्जनीकुमार झा एनएमएका पूर्व अध्यक्ष हुन् । डा. पौडेल सिभिल अस्पताल कार्यकारी निर्देशक, डा. मिश्र पूर्व स्वास्थ्य सचिव हुन् । डा. यादव विपीकै फरेन्सिका प्राध्यापक हुन् । यसैगरी, डा. श्रेष्ठ काठमाडौंका मेडिकल कलेजका निर्देशक र डा. प्रमोद टमा सेन्टरका पूर्व निर्देशक हुन् ।

हालका उपाध्यक्ष डा. गिरीको चार वर्षे कार्यकाल सकिएपछि सरकारले आयोगको नयाँ कार्यकारी उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो । १६ साउनमा बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्तिका लागि तीन सदस्सीय समिति गठन गरेको थियो ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सिफारिस समितिमा मुख्यसचिव वा मुख्यसचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरुमध्ये सरकारले एक जना महिला रहने व्यवस्था छ । सरकारले चिकित्सा क्षेत्रको महिना सदस्यमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राध्यापक डा. लोचना श्रेष्ठलाई तोकेको छ ।

सिफारिस समितिले २६ साउनमा योग्यता पुगेका व्यक्तिहरुबाट आयोगको उपाध्यक्षका लागि आवेदन माग गरेको थियो । उसले १५ दिनभित्र आवेदन माग गरेको थियो ।

उक्त आवेदनमा चिकित्सा क्षेत्रमा २० वर्ष काम गरेको, चिकित्सा शिक्षाको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्नेलगायतका प्रावधान उल्लेख छन् । आवेदकबाट ४ वर्षे कार्ययोजना पनि माग गरिएको छ ।

आवेदकहरुबाट सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । उक्त तीन जनाबाट मन्त्रिपरिषद्ले एक जनालाई आयोगको कार्यकारी उपाध्यक्षमा नियुक्त गर्नेछ ।

*यसअघि दुई वटा नाम अन्यथा परेकाले सच्चाइएको छ । स.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ