२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयका निकायका राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत

चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयका निकायका राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत


काठमाडौं—सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयअन्तर्गतका दरबन्दी स्वीकृत गरेको छ ।

६ भदौंको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिदैं सूचना, संचार तथा प्रविधी मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आयोग र शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरुमा राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको बताइन् ।

यस्तै, सुर्खेत जिल्लाको साविकको अवलचिङ गाविस—४ मा पर्ने ९ रोपनी जग्गा चिंगाड गाउँपालिका—५ मा बन्ने १५ शैय्याको अस्पतालका लागि गाउँपालिकालाई उपयोग गर्न दिने स्वीकृत पनि क्याबिनेट बैठकले दिएको छ ।

साथै, धुलिखेल अस्पतालअन्तर्गत निर्माण हुने धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टरका लागि जापान सरकारले जाइकामार्फत अनुदानस्वरुप प्रदान गर्ने ३ अर्ब २९ करोड ६० लाख जापानिज येन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ