२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपुरानो मेडिकल कलेजमा नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार

पुरानो मेडिकल कलेजमा नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार


भरतपुर-भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक राेशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए ।

हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा. शुप्रभात श्रेष्ठले जानकारी दिए ।

नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनारकि आमाकाे अन्तिम चरणमा रहेकाे फाेक्साेकाे क्यान्सरकाे आईसियुमा राखेर उपचार भईरहेका क्रममा मृत्यु भएकाे डा श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ