२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगद्वारा प्रमाणपत्र तहका कार्यक्रम संचालन गर्ने १९६ कलेजको सिट निर्धारण

चिकित्सा शिक्षा आयोगद्वारा प्रमाणपत्र तहका कार्यक्रम संचालन गर्ने १९६ कलेजको सिट निर्धारण


काठमाडौं—चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)अन्तर्गत चिकित्सा शास्त्रतर्फका प्रमाणपत्र तहका कार्यक्रम संचालन गर्ने १९६ कलेजको सिट निर्धारण गरेको छ । बिहीबार बसेको आयोगको कार्यकारी समिति बैठकले शैक्षिक सत्रका २०८०/०८१ का लागि सिटीइभिटीका १९६ कलेजको सिट निर्धारण गरेको हो ।

आयोगले पिसिएल नर्सिङ, पिसिएल आयुर्वेद, डिप्लोमा इन फार्मेसी, पिसीएल हेल्थ ल्याब टेक्नोलोजी विषयको सिट निर्धारण गरेको हो । यसैगरी, सामान्य चिकित्सा, डाइग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह डेन्टल साइन्सको सिट पनि आयोगले बाँडफाँड गरेको छ ।

आयोगले सबै कलेजलाई केही विषमा ३० सिट र केही विषयमा ४० सिट दिएको छ । आयोगले परिषद्को सिफारिसका आधारमा सिट निर्धारण गरेको हो ।

कुन कलेजले कति सिट पाए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ