२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनतालाई संविधानले परिकल्पना गरेको स्वास्थ्य सुविधा दिन सकिएको छैन : प्रधानमन्त्री

जनतालाई संविधानले परिकल्पना गरेको स्वास्थ्य सुविधा दिन सकिएको छैन : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई संविधानले परिकल्पना गरेको स्वास्थ्य सुविधा दिन नसकिएको बताएका छन् । शुक्रबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहण गरेको १०० दिन पुगेको अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरिएको सेतो कोट दिवसको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘संविधानमा शिक्षा र स्वास्थ्यका बारेमा साह्रै राम्रो लेखेका छौं । तर, व्यवहारिक रुपमा कार्यन्वयन भएको छैन र त्यो किसिमको सुविधा दिन सकिएको छैन,’ दाहालले भने, ‘संविधानले परिकल्पना गरेको स्वास्थ्य सेवा दिन अझै चुनौती छ ।’

प्रधानमन्त्री दाहालले स्वास्थ्यमा धेरै चुनौती भएतापनि नर्सिङ सेवामा ठूलो चुनौती रहेको बताए । उनले नेपालमा सिमानामा गएर पढ्ने अथवा तालिम लिने र उतै पलायन हुने ट्रेण्ड बढेको भन्दैं त्यसलाई सुधार गर्नका लागि नीतिगत तहमै सुधार गर्ने प्रक्रियामा रहेको समेत बताए । तर, त्यो नीतिगत सुधार के हो भन्ने विषयमा भने उनले खुलाएनन् ।

सरकार सुशासन मात्रै केन्द्रीत भएको देखिएतापनि स्वास्थ्य, शिक्षाजस्ता कुरामा ध्यान दिइरहेको दाहालले भनाइ थियो । उनले मन्त्री बस्नेत स्वास्थ्यमा इनरजेटिक र डाइनामिक भएको भन्दैं प्रशंशासमेत गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले आफूले १०० दिनमा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका कामहरु सुरु गरेको बताए । उनले गाउँका जनताले स्वास्थ्यकर्मीहरु देख्न पाएको, ६ महिनामा स्वास्थ्य क्षेत्रमा देश र जनताले अनुभूति गर्न गरी सबै टिमलाई परिचालन गरेर काम गर्ने प्रतिवद्धता समेत जनाए । उनले बिहीबार कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्दै सर्ने र नसर्ने रोग नियन्त्रणका लागि जनचेतनाका कामलाई अगाडि बढाउने बताए । उनले त्यसकैका लागि आफू प्रदेशगत रुपमा दौडहा गरिरहेको बताए ।

४० प्रतिशत बजेट कटौती गरेको अवस्थामा आफू मन्त्री भएपछि सबैलाई कुरा बुझाएर १३ अर्ब बजेट थप गर्न लगाएको बताए । उनले हुती र वुद्धि थोरै स्रोत साधनले धेरै काम गर्ने उल्लेख गरे । उनले आफूसँग हुति भएको र कर्मचारीहरुसँग वुद्धि भएकाले त्यो हुति र वुद्धि मिलाएर स्वास्थ्यमा आमुल परिवर्तन गर्ने बताए ।

काजमा पहुँचका आधारमा बस्ने गरेको समस्या रहेको बताउँदैं मन्त्री बस्नेतले दुर्गमका जनताले स्वास्थ्यकर्मीको अनुहार देख्न नपाउने अवस्थामा आफूहरुले धेरै सुधार गरेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ