२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको निर्देशक उम्मेदवार डा. शम्भु आचार्यका ५ प्राथमिकता

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको निर्देशक उम्मेदवार डा. शम्भु आचार्यका ५ प्राथमिकता


काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा  डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।  आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म हुने डब्लूएचओको क्षेत्रीय समितिको बैठकमा निर्देशकको टुंगो लगाउँदैछ ।

अक्टोबर ३१ मा पदका लागि निर्वाचन हुँदैछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको स्थापना सन् १९४८ मा भएको छ । यसले ११ सदस्य मुलुकहरुमा जनस्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग र सहकार्य गर्ने काम गर्छ । यसको सदस्यहरूमा नेपालसहित बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लिस्टे छन् ।

‘हाम्रो स्वास्थ्य ।  हाम्रो क्षेत्र । हाम्रो गौरव,’ भन्ने उनको नारा छ ।  उनले घोषणापत्रमा भनेका छन्, ‘दक्षिण–पूर्वी एसिया क्षेत्रमा विश्वको एक तिहाई मानिसहरू बसोबास भएका क्षेत्र भएकाले यहाँ ती मानिसहरूको स्वास्थ्य र स्वस्थ्य जीवनशैली पनि जोडिएको छ । स्वास्थ्यमा समानता(इक्विटी), उत्पादकत्व र सुखी जीवन अहिलेको आवश्यकता रहेको छ ।’

डा. आचार्यले यो क्षेत्रमा बसोवास गर्ने मानिसहरूको स्वास्थ्यलाई लिएर हामीसँग आशावादी हुने धेरै नै कारणहरू रहेको बताएका छन् । ‘एक त हामी यहाँको संस्कृतिका कारण पनि गौरवपूर्ण विगतदेखि नै धनी छौं । अर्को तर्फ हामीसँग युवा जोशले भरिएका गतिशिल जनसंख्या छ । आर्थिक रुपान्तरणका लागि नवप्रवर्तनात्मक शैली छ । हरियाली प्रवर्धनसँगै हामीसँग यस क्षेत्रको विविधताबाट प्राप्त हुने अपार शक्ति छ,’ उनले भनेका छन् ।

‘हामी यहाँ भएका स्रोत साधनलाई राम्रोसँग उपभोग गरेर यस क्षेत्रका मुलुककहरूले मानिसको स्वास्थ्य र जीवनशैलीलाई सुधार गर्न सक्ने पर्याप्त सम्भावनाहरू छन् । यसका लागि स्थानीयस्तरका सीपलाई प्राथिमकता राख्दै महत्वपूर्ण चुनौतीको सामानाहरू गर्नुपर्ने हुन्छ,’ घोषणापत्रमा छ,  ‘विश्व स्वास्थ्य संगठनको ५ पी को प्राथमिकतासँगै म यस क्षेत्रमा यी प्राथिमकतालाईहरूलाई बढुवा दिने छ । म यस क्षेत्रका सदस्य मुलुकहरू र समुदायको हितका लागि मैले गर्नुपर्ने सबै कामसँगै कुनै कसर बाँकी राख्ने छैन ।’

एउटा अनुभवी अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिज्ञ भएको हिसाबले यस क्षेत्रमा बसोबास गर्ने जोकसै स्वास्थ्य सुविधाबाट वञ्चित हुने छैन भन्ने उनको प्रतिवद्धता रहेको छ । उनीसँग सर्वसाधारणको स्वास्थ्यको क्षेत्रमा मसँग नेपालका ग्रामीण क्षेत्र, समुदाय र जिल्ला हुँदै राष्ट्रिय र क्षेत्रीय हुँदै अन्तर्राष्ट्रिय रुपमा हासिल गरेको  तीन दशक लामो अनुभव छ । ‘त्यसैले म एउटा संगठनको नेताको हिसाबले समावेशिता र सामूहिक सहकार्यमा प्रतिबद्ध छु । प्रत्येक सदस्य राष्ट्रको विविधता र क्षमतालाई आत्मसाथ गर्दै बहपक्षीय सहकार्य र हरेक देशको अपनत्वमा म विश्वास गर्छु,’ उनले भनेका छन् ।

दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको रुपमा दिगो र रेजिलिएन्ट स्वास्थ्य प्रणाली अपनाउँदै सबैका लागि स्वास्थ्य क्षेत्रलाई स्थानीय र राष्ट्रिय हितमा प्रयोग गर्दै गर्नु्पर्ने सुधारका कामलाई पनि प्राथिमकता दिने, स्वास्थ्य शरीर र जीवनशैलीका लागि  सबैको हितमा अघि बढ्ने प्रतिबद्धता व्यक्त उनको छ ।

उनले आफ्नो उद्देश्य उद्देश्य सबैका लागि जहाँपनि, स्वास्थ्य क्षेत्रको प्रवर्द्धन,प्रावधान र संरक्षण र नवप्रवर्तन र क्षमतालाई जोड दिने हुने बताएका छन् । आचार्यसँग जनस्वास्थ्यको क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनले नेपाल, एसियाका विभिन्न क्षेत्र र विश्वस्तरमा समेत स्वास्थ्य क्षेत्रमा नीति, रणनीति, बहुपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय रुपमा सुधारका काम गर्दै आइरहेका छन् । उनले यसअघि डब्लूएचओबाट निर्देशकका रुपमा नेपाललाई सहयोग गर्ने र यूएनको प्रणालीसँग सहकार्य गर्ने काम गरिसकेका छन् ।

उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजिदले पनि उम्मेदवारी दिएकी छन् । अहिले दक्षिण पूर्वी एसिया निर्देशकमा भारत छ । भारतकी पुनम क्षेत्रपाल सिंह दोस्रो कार्यकाल क्षेत्रीय निर्देशकको रुपमा काम गरिरहेकी हुन् ।

विश्व स्वास्थ्य संगठनको मुख्यालयमा सबैभन्दा उच्च ओहोदामा पुगेर काम गर्ने नेपालीमध्ये सम्भवत: उनी पहिलो हुन् जहाँ उनी जेनेभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोसकै विभागमा उनकै सुपरिवेक्षणमा काम गर्छन्। जहाँ उनी ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट विभाग’ को निर्देशक छन् । उनी सन् १९९९ देखि विश्व स्वास्थ्य संगठनको उच्च तहमा रहेर काम गर्दै आएका छन् ।  उनले संगठनको व्यवस्थापनलाई उच्चस्तरीय सल्लाह सुझाव दिनुका साथै दिशानिर्देश दिन्छन् ।

पाल्पाको भुटुका गाउँमा जन्मिएका थिए । अमेरिकाको इन्डियानास्थित बल स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् । त्यसपछि गिलिङ्स स्कुल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नोर्थ क्यारोलिनाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरे ।

के छ डा. आचार्यको घोषणापत्रमा ?

मैले रोजेका ५ मुख्य प्राथमिकताक क्षेत्रहरू

पहिलो उद्देश्यमा मानिसको स्वास्थ्यमा सुधार गर्दै स्वास्थ्य र जीवनशैलीको प्रवर्द्धन गर्नेमा जोड दिने छ । यसमा सदस्य राष्ट्रहरुलाई स्वास्थ्य प्रवर्द्धनमा आधारभूत तहबाटै थालनी गराउने प्रयत्न हुनेछ  रोगव्याधी र चोटपटकको रोकथामसँगै स्वास्थ्य क्षेत्रमा देखिएको जड समस्याको पहिचान गरेर ती चुनौती समाधान गर्ने पनि हो । यसका लागि सरकार र सरोकारवालासँग समन्वय गर्दै सामाजिक अगुवाहरूबाट पनि उपलब्धी हासिल गर्ने लक्ष्य हो ।

स्वास्थ्यमा विश्वव्यापा पहुँच पुर्‍याउनका लागि प्राथिमक स्वास्थ्य स्याहार अभिवद्धि गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न पहल गर्नेछु । यसमा मुलुकहरूलाई सरुवा रोग नियन्त्रणका लागि प्रेरित गर्दै रोग निदान तथा रोकथामका लागि समन्वय गर्नेछु । आधारभूत स्वास्थ्य प्रणालीमा सुधार गर्दै सबैलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

भविष्यमा हुने सक्ने महामारी र स्वास्थ्य संकटकालको समानाको तयारी पनि मेरो अर्को प्रतिबद्धता हो । सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय स्वस्थ्य निर्देशिकाको पालना गराउँदै अहिलेको महामारीको सम्बन्धमा निर्माण गरिएका कानुन परिमार्जनका लागि सहयोग गर्ने छु ।  स्वास्थ्यमा हुने नयाँ प्रविधि र इाइग्‍नोस्टिकका नयाँ उपायहरू अपनाउँदै एन्टि माइक्रोबियल रेसिस्टेन्सको विषयमा पनि काम गर्नेछु ।

स्वास्थ्यमा समानता र ऐक्यबद्धताका लागि इनोभेसन र डिजिटाइजेसनमा जोड दिने छु । स्वास्थ्यमा नवप्रवर्तनलाई अघि बढाउँदै नयाँ नयाँ तथ्य र तथ्यांकको प्रयोग गरेर हरेक मुलुकहरूमा यसको पहुँच पुर्‍याउन जोड दिनेछु । यस्तै डिजिटल स्वास्थ्य र प्रविधिको उच्चतम प्रयोग सबैकहाँ पुर्‍याउने लक्ष्य छ । स्वास्थ्यमा समानता ल्याउनमा पनि जोड दिनेछु ।

‘वान डब्लूएचओ’ नाराका साथ राष्ट्रहरूले गर्ने सहयोगलाई वृद्धि गराउनेछु । हरेक देशका लागि छुट्टै डब्लूएचओ स्ट्राटेजी बनाएर विभिन्न ३ वटा प्रयासहरू गरिनेछ । देशको आवश्यकतालाई मध्यनजर गर्दै सम्बन्धित डेलिगेटलाई त्यस सम्बन्धीको जानकारी गराउन लगाउनेछु । सञ्चार र समन्वयमा जोड दिँदै केन्द्रीय हेडक्वार्टर क्षेत्रीय कार्यालय र सहयोग संस्था तथा सम्बन्धी देशबीचको समन्वयमा जोड दिँदै कार्यक्रमहरूलाई परस्कृत ढंगबाट लैजानेछु ।

प्रतिबद्धता कार्यान्वयनका लागि पुराना कार्यबाट शिक्षा लिँदै प्राप्त उपलब्धीहरू समुदायसम्म पुगेर बुझाउने र समन्वय वृद्धि गर्ने छु । स्वास्थ्यमा वकालतसँगै विभिन्न क्षेत्रमा जोडिने स्वास्थ्यको विषयलाई पनि साथ दिनेछु । जलवायु परिवर्तनका कारण आउन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै त्यसको प्रभावबाट बढ्ने रोगसँग लड्नका लागि नीति निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धतामा उल्लेख छ ।  स्वास्थ्यको समाजिक, आर्थिक, व्यवसायिक सूचकको क्षेत्रमा पनि काम गर्दै समन्वय गराउनेछु । पहिलो पटक स्वास्थ्यकोो व्यवसयािक सूचक रिपोर्ट पनि प्रकाशन गर्न लागि पर्ने प्रतिबद्धता सँगै स्वास्थ्यमा लगानी वृद्धि गरिने प्रतिबद्धता छ ।

उनले आफ्नो प्राथिमकता क्षेत्रको हरेक विषयलाई कसरी कार्यान्वयन गर्ने भनेर जोड दिएका छन् । बालबालिका, महिला र सुत्केरीको हकमा थप काम गर्नुपर्ने उनको प्रतिबद्धता पत्रमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ