डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

सांकेतिक तस्विर
वीरेन्द्रनगर—सल्यान जिल्ला अस्पतालमा कार्यरत डा. राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ । डा. पाण्डेय माथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका–१ का अन्दाजी २२ वर्षीय दीपेन्द्र चन्दलाई पक्राउ गरेको हो ।
बुधबार साँझ शारदा नगरपालिका–१ श्रीनगरमा डा. चन्दले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिकस्थलमा हातपात गरेको भन्दै डा. पाण्डेयले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।
डाक्टरमाथि अभद्र व्यवहार गर्ने चन्दलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्यअघि बढाइ रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस