२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजहाँ हाकिमको अनुमतिपछि मात्र गर्भाधारण गर्न पाइन्छ

जहाँ हाकिमको अनुमतिपछि मात्र गर्भाधारण गर्न पाइन्छ


सन्तान जन्माउनु कुनै पनि दम्पतीको साझा अधिकार हो । सामान्यतया कुनै पनि दम्पतीले चाहे भने जुनसुकै वेला सन्तान जन्माउन पाउनुपर्ने हो । तर, चीनको एउटा कार्यलयमा कुनै पनि महिलाले गर्भाधारण गर्नुअघि आफूले काम गर्ने कार्यलयको अनुमति र सल्लाह लिनुपर्छ । गर्भवती हुन चाहने महिलाले आफूले काम गर्ने कार्यालयका हाकिमसँग अनुमति लिनैपर्छ ।

चीनको एउटा बैंकले यस्तो नयाँ नियम बनाएको हो, तथापी सो बैंकको नाम सार्बजनिक नगरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । नियम पालना नगर्ने महिलालाई विभिन्न सजाँय दिइन्छ । आफूखुसी गर्भधारण गरेमा कम्पनीले बढुवा रोक्का गर्नेदेखि तलब समेत कटौती गरिदिन्छ । सामान्यतया कम्पनीले महिलालाई ३५ वर्षपछि बच्चा जन्माउन हौसला दिने गरेको छ ।

सो बैंकका महाप्रबन्धक झाङ भन्छन, ‘हाम्रो कार्यलयमा जम्मा सिमित महिला कर्मचारी छन्, तीमध्ये आधा गर्भवती भइसकेका छन ।’ बैंकमा अधिकांश महिला बिदामा बस्दा महिला कर्मचारीको संख्या कमि आएकोले बिदामा बस्न अनुमति नदिएको उनले बताए ।
कम्पनीमा महिला कर्मचारीहरूले बच्चा जन्माउनका लागि आफ्नो हाकिमको अनुमति लिनुपर्ने अघोषित कानुनजस्तै बनेको छ ।

सो बैंकमा टेलरको रुपमा काम गर्ने ३१ वर्षीय महिला लिउ क्विानले दोस्रो सन्तान जन्माउनका लागि आफूले काम गर्ने कार्यलयमा अनुमति मागेकी थिइन । तर कार्यलयले उनलाई एक वर्षपछि मात्र जन्माउन अनुमति दिएको थियो ।

चीन एक सन्तान नीति हटेसँगै अधिकांश निजी कम्पनीहरुले पनि प्रसूती बिदा कटौती गर्न थालेको बिजनेस स्टार्डडले जनाएको छ । दुई सन्तान लागू भएसँगै चीनमा प्रत्येक वर्ष थप ८० लाख शिशु जन्मिने विभिन्न अध्ययनहरुले प्रक्षेपण गरेका छन् ।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ