काठमाडौं—स्वास्थ्यका पेशागत संघ संगठन र ट्रेड युनियनहरुले मूल समायोजन गर्दा संघ, पुल, फाजिल भनेर समायोजनको पत्र थमाइएका कर्मचारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकमुष्ठ दरबन्दी सिर्जना गरी कामकाजमा लगाउन माग गरेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदैं उनीहरुले सो माग गरेका हुन् ।
यस्तै, उनीहरुले दोहोरो सहमतिका आधारमा स्थानीय तह र प्रदेशमा समायोजन भएका स्वास्थ्य कर्मचारीहरुका हकमा कामकाज खटिएको तहमा दरबन्दी रिक्त देखिएमा सोही दरबन्दीमा पदस्थापन गरी पत्राचार गर्नुपर्ने, अन्तर तह सरुवाको मौका दिनुपर्ने, स्वेच्छिक अवकास योजना ल्याउनुपर्ने माग गरेका छन् ।
स्वास्थ्यका पेशागत संघ संगठनहरु र ट्रेड युनियनहरुले संयुक्त रुपमा बुझाएको उक्त ज्ञापनपत्रमा कामकाज र कामकाज फिर्ता सम्बन्धी निर्णय सबै तहहरुमा एकसमान हुनुपर्ने, चिकित्सक/स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनलाई न्यायपूर्ण रुपमा सम्बोधन गर्न कार्यदल बनाउनुपर्नेलगायतका माग राखेका छन् ।
हेर्नोस ६ बुँदे ज्ञापनपत्र