२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारल्याबहरुमा एकै खालको परीक्षणको फरक-फरक शुल्क तिर्दा जनता झुक्किए : अध्यक्ष तिमिल्सिना

ल्याबहरुमा एकै खालको परीक्षणको फरक-फरक शुल्क तिर्दा जनता झुक्किए : अध्यक्ष तिमिल्सिना


काठमाडौं—राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले ल्याबहरुमा एकै खालको परीक्षण गर्दा पनि फरक-फरक शुल्क तिनुपर्दा जनताहरु झुक्किएको बताएका छन् । काठमाडौंमा जारी ‘आधुनिक चिकित्सामा प्याथलोजीको भूमिका’ विषयक प्रथम सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

उनले ल्याव परीक्षणमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए । साथै, जनताले स्वास्थ्य सेवा पाउने विषयमा निजी र सरकारी सबै स्वास्थ्य संस्थाबीच सरकारले समन्वय गर्नुपर्ने बताए । चीनको छिछिहार मेडिकल विश्वविद्यालय र नेपाल नेसनल अस्पताल कलंकीको आयोजना तथा नेपाल लङ फाउण्डेसन, एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपालको सह-आयोजनामा सम्मेलनले भएको हो ।

अध्यक्ष तिमिल्सिनाले चीन र नेपालबीच स्वास्थ्य सेवामा सहकार्यको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यसले निरन्तर पाउनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका उपाध्यक्ष प्रा. डा. चाङ् ख योङ्ले आगामी दिनमा पनि सहकार्य निरन्तर हुने र त्यसले विद्यार्थीहरुको तालिम र अध्ययनमा जोड दिने बताए । उनले चीनको टेक्नोलोजी, उपकरण र तालिमले गर्दा नेपालमा स्वास्थ्य सेवामा सहयोग पुग्ने बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले निजी ल्यावहरुको परीक्षणको गुणस्तर र मुल्यमा एकरुपता हुनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष अनिलविक्रम कार्कीले निजी स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्था मिलेर सेवा दिनुपर्ने बताए ।

नेपाल नेसनल अस्पताल र विश्वविद्यालयबीच सहकार्य हुने विषयमा सम्झौता पनि भएको छ । सम्झौतामा सेवा र प्रविधि साटासाट गर्ने, अस्पतालाई इक्वीपमेन्ट र टेक्नोलोजी सहयोग गर्नेलगायतका सहकार्य हुने अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले जानकारी दिए ।

यी कार्यक्रम गर्नका लागि चिनियाँ विश्वविद्यालयको तर्फबाट एसोसिएट प्रोफेसर डा. सन्दीप श्रेष्ठले संयोजन गर्नेछन् भने र नेपालको तर्फबाट नेपाल नेसनल अस्पतालले गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ