२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनुहारका विकृती सम्बन्धी उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल स्थापना हुने

अनुहारका विकृती सम्बन्धी उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल स्थापना हुने


काठमाडौं—नेपालमा पहिलो पटक अनुहारका विृकती सम्बन्धी उपचारका लागि मात्रै विशिष्टीकृत अस्पताल स्थापना हुने भएको छ । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगका नेपाली नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौंको नख्खुमा उक्त अस्पताल स्थापना हुनेछ ।

डेढ वर्षभित्र संचालनमा ल्याउने उद्देश्यका साथ शनिबार अस्पतालको शिलान्यास गरिएको हो । साथै, बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा जनरल अस्पतालमा पनि उक्त संस्थाको स्थापना गरिएको छ । बसुन्धरास्थित केडिसीमा स्थापना गरिएको सेन्टरबाट भने यसै सातादेखि निःशुल्क उपचार सुरु हुनेछ ।

विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरले स्थापना गरेको क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोगमा अस्पतालमा खुँडोपना तथा अनुहारका विभिन्न विकृती सम्बन्धि समस्या भएका व्यक्तिहरुले पूर्णतयाः निःशुल्क सेवा पाउने छन् । नेपालीलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ डा. सेलरको संस्था क्लेफ्टले वैदेशिक अंशका रुपमा नेपालमा नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जनर—द फेस हस्पिटल स्थापना गरेको हो ।

नेपालमा उक्त अस्पतालको नेतृत्व क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहले गर्नेछन् । डा. सिंहकै पहलमा नेपालमा नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल स्थापना भएको हो । यो अस्पताल सर्जरीमा गरिब तथा समस्या रहेका सर्वसाधारण व्यक्तिहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यका साथ भारत तथा अफ्रिकामा पनि संचालनमा छ ।

नेपालमा हरेक ८ जनामा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृती सम्बन्धी समस्या रहेको बताउँदैं डा. सिंहले त्यसको उपचारका लागि आफ्नै अगुवाई तथा आर्थिक लगानीमा सुविधासम्पन्न अस्पतालको स्थापनाको काम थालेको बताए ।

अस्पतालले सुरुवाती चरणमा प्रति वर्ष करिब ५ सय जनालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने लक्ष्य राखेको छ । पछि विस्तारै वार्षिक रुपमा १ हजार ५ सय सम्मपालई निःशुल्क सेवा दिइने डा. सिंहले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ