२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटीईभिटीद्वारा नर्सिङ, एचए र फार्मेसी विषयमा गरिएको शुल्क वृद्धि स्थगित

सिटीईभिटीद्वारा नर्सिङ, एचए र फार्मेसी विषयमा गरिएको शुल्क वृद्धि स्थगित


काठमाडौं—प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) प्रमाणपत्र तहका स्वास्थ्यका कार्यक्रममा गरेको शुल्क वृद्धि स्थगित गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै सिटीईभिटीले पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीमा यसअघि गरिएको शुल्क वृद्धिको निर्णय स्थगित गरेको हो ।

‘परिषद् कार्यालय, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजन सम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यसअघिको निर्णय स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ परिषद्ले भनेको छ ।

२९ असारमा परिषद्ले स्वास्थ्यका प्रमाणपत्र तह पिसिएल नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको शुल्कमा भारी वृद्धि गरेको थियो । उसले पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तोकेको थियो भने एचएमा ५ लाख २३ हजार ८२० रुपैयाँ र डिप्लोमा फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

शुल्क वृद्धि विरुद्ध डा. गोविन्द केसीले आन्दोलन गर्ने चेतावनी दिएका थिए भने विद्यार्थी संगठनहरुले पनि विरोध उत्रिएका थिए । त्यसपछि परिषद् आफ्नो शुल्क वृद्धि गर्ने निर्णयबाट पछि हटेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ