२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजन र समायोजन मिलान भएका कर्मचारीलाई बहाना बनाएर फिर्ता नगर्न सामान्यको निर्देशन

समायोजन र समायोजन मिलान भएका कर्मचारीलाई बहाना बनाएर फिर्ता नगर्न सामान्यको निर्देशन


काठमाडौं—स्थानीय तहहरुले विभिन्न बहाना बनाएर स्वास्थ्यका कर्मचारीहरु फिर्ता गर्न थालेपछि सामान्य प्रशासन मन्त्रालयले सर्कुलर नै जारी गरेको छ । मंगलबार सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै समायोजन र समायोजन मिलान भएका कर्मचारी फिर्ता नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन र समायोजन मिलान भएका कर्मचारीलाई फिर्ता गर्न नमिल्ने जनाउँदैं उनीहरुलाई साविक बमोजिम हाजिरी गराएर व्यवस्थापन गर्न भनेको छ ।

‘कर्मचारी समायोजन ऐन, २०७५ विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका केही कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाएको बुझिन आएको छ,’ सामान्यले स्थानीय तहहरुलाई दिएको निर्देशनमा भनेको छ, ‘प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुने गरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिरी गराई व्यवस्थापन गर्नु हुन यस मन्त्रालयको २०८०/४/२ को निर्णयानुसार अनुरोध छ ।’

२५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोरो सहमति लिएर कामकाजमा रहेका स्वास्थ्यका कर्मचारीलाई दरबन्दी रहेकै स्थानमा १ साउनबाट फर्कन निर्देशन दिएको थियो । उक्त निर्देशनलाई आफू अनुकूल व्याख्या गर्दै स्थानीय तहहरुले समायोजन र समायोजन मिलान भएका कर्मचारीहरुलाई समेत फिर्ता गर्न थालेका छन् ।

जसका कारण केही स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कर्मचारीमा यो समस्या बढी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ