२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका प्रमाणपत्र तहका कार्यक्रममा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न डा. केसीको माग

स्वास्थ्यका प्रमाणपत्र तहका कार्यक्रममा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न डा. केसीको माग


काठमाडौं—प्रा.डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले स्वास्थ्यका प्रमाणपत्र तहका कार्यक्रममा गरेको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले शुल्क बढाउने निर्णय खारेजका साथै यसअघि आफूसँग भएका सम्झौता कार्यन्वयन गर्न समेत माग गरेका छन् ।

‘शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ डा. केसीले भनेका छन्, ‘त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौं ।’

डा. केसीले चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको अवस्थामा अवस्थामा आयोगको परामर्शबिना सिटिइभिटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण रहेको बताएका छन् ।

परिषद्ले पिसिएल नर्सिङमा ६ लाख २४ हजार २३० रुपैयाँ, सामान्य चिकित्सा ९एचए०मा ५ लाख २३ हजार ८२० रुपैयाँ र फार्मेसीमा ४ लाख २३ हजार ६६० रुपैयाँ शुल्क तोकेको छ । यी सबैको कोर्सको शुल्क पनि तीन इन्स्ट्रलमेन्टमा तिर्नुपर्नेछ ।

डा. केसीले आफू लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधार र सुशासनका लागि संघर्षरत रहेको उल्लेख गर्दै पछिल्लो समय सिटिइभिटीले नर्सिङ लगायतका विषयमा चर्को शुल्क बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । डा. केसीले देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नुनै आफैंमा विडम्बनाको भएको बताउँदैं त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

डा. केसीलेसिटिइभिटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको आरोप लगाएका छन्। उनलेनियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै आएपनि त्यो माग सरकार पूरा नगरेको बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ