२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयले भन्यो, ‘स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने सन्दर्भमा आत्महत्याको कुरा गरिएको हो’

मन्त्रालयले भन्यो, ‘स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने सन्दर्भमा आत्महत्याको कुरा गरिएको हो’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या सम्बन्धी मन्त्रीको विवादास्पद अभिव्यक्ति स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने सन्दर्भमा आएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मन्त्रीको उक्त विवादास्पद अभिव्यक्तिको बचाउ गरेको छ ।

विज्ञप्तीमा मन्त्रालयले मन्त्रीको अभिव्यक्तिलाई तोडमरोड गरिएको आरोप लगाउँदैं त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । मन्त्रालयले आत्महत्याजस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । तर, स्वास्थ्यमन्त्री आफैले पटक—पटक सार्वजनिक रुपमा आत्महत्याको एउटै प्रसंगलाई दोहो¥याइरहेका छन् ।

‘दरबन्दी भएको स्थानमा कर्मचारी नजाने, दुर्गमका बिरामी गरिब, विपन्न र निमुखा जनताले विशेषज्ञ सेवा नपाउने तर सुगममा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी चिकित्सक थुप्रिने कामकाज र उनीहरुको सट्टामा करारमा लिएका जनशक्तिले गर्दा राज्यलाई वर्षेनी थप ९५ करोडभन्दा बढी आर्थिक भार परेको छ,’ विज्ञप्तीमा छ ।

अर्थले समेत दरबन्दीभन्दा बढी भएका कर्मचारी तलब भुक्तानी नगर्ने भनेको उल्लेख गर्दै मन्त्रालयले विकृती समाधान गर्न असफल मनसायका साथ गरेका प्रयासमा यस्ता भ्रामक र धम्कीपूर्ण भाषाको प्रयोग, खटाइएको ठाउँमा नजानेजस्ता गतिविधीले गर्दा अनवरत रुपमा खटिएका स्वास्थ्यकर्मीको भावनामाथि गम्भीर आघात पुगेको उल्लेख छ ।

मन्त्री बस्नेतले खटाएको ठाउँमा नगएर आत्महत्या गर्छु भनेर भन्नेलाई आफै डोरी दिने र आफ्नो गेटमा आएर आत्महत्या गर्न सचिवलाई भनेको प्रसंग सार्वजनिक कार्यक्रममै उठाएका थिए । जसको चौतर्फी विरोध भएपछि मन्त्रालयले बिहीबार मन्त्रीको बचाव गर्न विज्ञप्ती नै जारी गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ