२०८१ मंसीर १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन


काठमाडौं- प्रधानन्त्री पत्नी सीता दाहालको निधन भएको छ । प्रधानन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माकाअनुसार सीताको बुधबार बिहान ८ः३० बजे मृत्यु भएको जानकारी दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बुधवार बिहान स्वास्थ्यमा थप जटिलता आएपछि सीतालाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो ।

लामो समयदेखि स्नायु सम्बन्धी रोगले थलिएकी उनको प्रधानन्त्री निवासमा नर्सिङ्ग केयरमा थिइन् । सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भन्ने रोग लागेको थियो ।

सोही रोगको कारण उनी लामो समयदेखि मान्छे चिन्न छोडेकी थिइन् । उपचारका लागि उनलाई अमेरिका, भारत र सिंगापुर समेत लगिएको थियो । रोग निको नभएपछि लामो समयदेखि उनलाई घरमै नर्सिङ्ग केयर दिएर राखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ