२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगोरखा अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् भत्ता

गोरखा अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् भत्ता


पोखरा—गोरखा अस्पतालका स्वास्थ्यकर्मीले पाउनुपर्ने भत्ता पाएका छैनन् । ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रमअन्तर्गतको भत्ता स्वास्थ्यकर्मीले नपाएका हुन् ।

गोरखा अस्पतालमा ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु भएको दोस्रो वर्ष चल्दैंछ । जसका कारण त्यहाँ काम गर्ने डाक्टरले अन्य संस्थामा गएर काम गर्न पाउँदैनन् । त्यसवापत उनीहरुले विस्तारित कार्यक्रमको थप भत्ता पाउँछन् ।

सोे कार्यक्रमका लागि यो आर्थिक वर्षमा आएको ५० लाखमध्ये १२ लाख फिर्ता गएको थियो । डाक्टरहरुले भत्ता पाएपनि स्वास्थ्यकर्मी र नर्सहरुले भत्ता पाएका थिएनन् । आएको रकम फिर्ता गएको तर आफूहरुले भत्ता नपाएको गुनासो स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

सोही विषयमा छलफलका लागि भएको बैठकमा गोरखा अस्पतालका डाक्टर र अस्पताल व्यवस्थापनबीच विवाद भएको छ । ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ को विषयमा छलफल गर्न बसेको बैठकमा सामान्य विवाद भएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद ढकालले बताए । आकस्मिकबाहेकका अन्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने डाक्टरहरुले चेतावनीसमेत दिएका थिए ।

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रमका लागि सरकारले चिकित्सकलाई शत प्रतिशत भत्ताका लागि ५० लाख रुपैयाँ आएको थियो ।

स्वास्थ्य कार्यविधिमा ‘एक चिकित्सक र नर्स/स्वास्थ्यकर्मी एक संस्था’ लेखिएको भएपनि स्वास्थ्यकर्मीले पाउने वा नपाउने भन्नेमा अस्पष्ट भएकाले विवाद भएको हो । सूचना अधिकारी ढकालका अनुसार प्रदेशमा जानकारी लिँदा मिलाएर गर्नु भनेकाले समस्या समाधान भइसकेको छ ।

‘डाक्टरलाई ८५ प्रतिशत र स्वास्थ्यकर्मीलाई १५ प्रतिशत दिने गरी व्यवस्थापन गर्न सहमति भएको छ । सबैलाई भत्ता व्यवस्था गर्न ९६ लाख आवश्यक हुन्छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ