काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्री बस्नेतले दुई महिनाको यो अवधिमा आफूले गरेका नीति कामदेखि सरकारी अस्पतालमा ३५२३ जनरल वार्डसम्म निःशुल्क गरेको विवरण उल्लेख गरेका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले १६ वर्षदेखि नीगित बहसमा रहेको राष्ट्रिय स्वासथ्य वित्त रणनीति (२०८०—२०९०) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८०—२०८७/८८) मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ सार्वजनिक गरेको लगायतका कुरा आफूले गरेका काम कारवाहीको सूचीमा समेटेका छन् ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सुरुवात तथा संचालन कार्यवित्री स्वीकृत गरेको, पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको, बेलायत, कतार, रुस र स्वीजरल्याण्डका राजदूतसँग भेटेर स्वास्थ्य सहयोगका विषयमा छलफल भएको पनि उनले आफ्ना काम कारवाहीमा उल्लेख गरेका छन् ।
मन्त्री बस्नेतले संघीय सरकारी अस्पतालमा ३५२३ जनरल शैय्या सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराएको कुरा पनि आफूले गरेका कार्यमा समेटेका छन् ।
मन्त्री वस्नेतले दुई महिनामा गरेका कामहरुको विवरण