२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा प्रयोगशाला गुणस्तर सम्बन्धि उच्चस्तरीय तालिम सम्पन्न

नेपालमा प्रयोगशाला गुणस्तर सम्बन्धि उच्चस्तरीय तालिम सम्पन्न


काठमाडौं-नेपालमा प्रयोगशाला गुणस्तर सम्बन्धि दुई दिने उच्चस्तरीय तालिम सम्पन्न भएको छ । मंगलबार र बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेन भिल्ला इभेन्ट्समा फाउण्डेसन फर क्वालिटी इण्डिया (एफक्युआई) र एईआरएसएससीको आयोजनामा गुणस्तर सम्बन्धि लिड एसेसर तालिम सम्पन्न भएको हो ।

स्वदेश तथा विदेशका प्रयोगशालाहरुको गुणस्तर अनुगमनका लागि अनिवार्य मानिने उक्त तालिम लिड म्यान अफ इण्डिया भनेर प्रख्यात एफक्युआईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) वैक्टेस थुप्पिल, एफक्युआईका चिफ फ्याकल्टी प्रा. मुरलीधरन, प्राइम हस्पिटल युएईको डाइग्नोष्टिक डिभिजनका निर्देशक डा. एनाटोनी थोमसले दिएका थिए ।

जसमा नेपालका लिड एसेसर तालिम लिइसकेका प्याथोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, एमएस्सी माइक्रोबायोलोजिष्ट, एमएस्सी माइक्रोकेमेष्ट्री र पिएचडी गरेका २२ जनाको सहभागिता रहेको थियो ।

विशिष्ट मानिने लिड एसेसर तालिम पाँच दिनको रेसिडेन्सीयल लिड एसेसर तालिम लिएर त्यसको परीक्षा पास गरेकाले मात्रै लिन पाउँछन् । इन्टरनल अडिटर तालिम प्रयोगशालाको गुणस्तरमा आफूले आफैलाई कसरी अडिट गर्ने भन्ने तालिम हो ।

लिड एसेसर तालिमपछि लिइने परीक्षा पास गरेपछि मात्रै लिड एसेसरका रुपमा काम गर्ने अनुमति पाउने सम्यक डाइग्नोष्टिकका अध्यक्ष एवं वरिष्ठ प्याथोलोजिष्ट डा. केयूर गौतम बताउँछन् ।

‘यो तालिम लिएर जाँचसमेत पास गरेपछि मात्रै लिड एसेसरका रुपमा काम गर्न पाउँछ,’ डा. गौतम भन्छन्, ‘लिड एसेसर तालिम लिएर जाँच पास नगरेकाले अन्य प्रयोगशालाको गुणस्तर अनुगमन गर्न पाउँदैंन् ।’ उनकाअनुसार लिड एसेसर भएपछि संसारका धेरैजसो प्रयोगशालाको गुणस्तर अनुगमन गर्न पाइन्छ ।

 

प्रयोगशालाको गुणस्तरका प्राप्त ल्याबहरुले आईएसओ १५१८९ एक्रिडिटेसन प्राप्त गरेका हुन्छन् । आईएसओले यसका लागि सन् २०१२ मा क्वालिटी एण्ड कम्पिटेन्ट गाइडलाइन जारी गरेको थियो । त्यसकै अपडेटेड भर्सनका रुपमा सन् २०२२ मा आईएसओ १५१८९ क्वालिटी एण्ड कम्पिटेन्ट सम्बन्धि नयाँ गाइडलाइन जारी भयो । नेपालमा सम्पन्न लिड एसेसर तालिम यही दुई गाइडलाइनको ब्रीज कोर्ससमेत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ