२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझाडापखालाका कारण बालबालिकाको वृद्धि विकासमा कमी : अध्ययन

झाडापखालाका कारण बालबालिकाको वृद्धि विकासमा कमी : अध्ययन


काठमाडौं—झाडापखालाका कारण बालबालिकाको वृद्धि विकास कम भएको एक अध्ययनले देखाएको छ । लिड्स नेपालले गरेको उक्त अध्ययनमा ५ वर्षमुनिका बालबालिकामा झाडापखाला लागे उचाइ कम हुने देखिएको हो ।

लिड्स नेपालले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक नगरपालिका र भुम्लु गाउँपालिकामा बालबालिकामा अध्ययन गरेको थियो ।

उक्त अध्ययन ५५० जना बच्चामा गरिएको थियो । ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए।

यस अध्ययनले दाउरा बाल्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखला लाग्ने देखाएको छ ।

गोबर ग्यास प्रयोगकर्ताहरुलाई सरसफाइमा ध्यान नदिंदा, साबुन पानीले हात नधुँदा झाडापखाला बढी लागेको हुनसक्ने अनुसन्धानकर्ता अमोद पोखरेलले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ