कार्यकारी निर्देशकलाई मन्त्रालय तानेर निमित्तलाई भक्तपुर क्यान्सर अस्पतालको जिम्मा

काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक फेर्ने विवादास्पद निर्णय गरेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले भक्तपुर क्यान्सरका कार्यकारी निर्देशकलाई मन्त्रालय तानेर निमित्त कार्यकारी निर्देशकलाई अस्पताल प्रमुख बनाएका छन् ।
प्रा.डा. विष्णुदत्त पौडेल भक्तपुर अस्पतालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल झण्डै डेढ वर्ष बाँकी छदैं मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकका रुपमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेका हुन् ।
डा. पौडेल वि.सं. २०७७ मंसिरमा भक्तपुर अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
वि.सं. २०७७ मै सरकारले भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारको संघीय अस्पतालका रुपमा संचालन गर्ने निर्णय गरेर आफू मातहत ल्याएको थियो । त्यसअघि भक्तपुर क्यान्सर अस्पताल गैरसकारी संस्था नेपाल अर्वुद रोग निवारण संस्थाले संचालन गर्दै आएको थियो ।
उक्त संस्थाको व्यवस्थापन र वैधानिकतामाथि प्रश्न उठेपछि सरकारले भक्तपुर अस्पताल विकास समिति गठन आदेश, २०७७ स्वीकृत गरेर आफू मातहत ल्याएको थियो ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
तपाईको प्रतिक्रिया दिनुहोस