२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा एकै पटक २४५ जना नर्स पदस्थापन

वीर अस्पतालमा एकै पटक २४५ जना नर्स पदस्थापन


काठमाडौं—जनशक्तिको अभावमा क्षमता विस्तार गर्न नसकेको वीर अस्पतालमा एकै पटक २४५ जना नर्स पदस्थापन गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरका लागि लोकसेवाले लिएको विशेष परीक्षामा उत्तीर्ण भएका २ सय ९४ जनानर्समध्ये २४५ जनालाई वीरमा पदस्थापन गरेको हो ।

अन्य ५० जना नर्सको भने अन्य संघीय अस्पतालमा पदस्थापन भएको छ ।  मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख तुलसीनाथ गौतमले लोकसेवाबाट आएका २ सय ९४ जना नर्सको पदस्थापन सोमबार नै सकिएको बताए । ‘सबै नर्सहरुको पद सकिएको छ’ उनले भने।

उनकाअनुसार नयाँ लिइएका २ सय ४५ जना नर्सहरु वीरमा र अन्य ५० जना अन्य संघीय अस्पतालमा पदस्थापन भएको छ  ।

सरकारले दुई वर्षअघि नै वीर अस्पताल ५०० सय शैय्याबाट ९०० शैय्याको अस्पतालमा बनाउने निर्णय गरिसकेको छ । सोहीअनुसार वीर नयाँ संगठन संरचनासमेत पास भएर लोकसेवाले त्यहीअनुसार नर्सिङ स्टाफका लागि पहिलो पटक दरबन्दी खोलेको हो ।

नर्सिङ जनशक्ति कम हुँदा वीर अस्पतालको नयाँ सर्जिकल भवनमा रहेका १६ वटा शल्यक्रिया कक्षमध्ये ९ वटा मात्रै संचालनमा छन् । जनशक्ति थपिएसँगै वीरको क्षमता वृद्धि हुनेछ ।

९०० शैय्याका लागि आवश्यक चिकित्सक, पारामेडिक्सलगायतका अन्य जनशक्ति भने पदपूर्ति गरिएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ