मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. मिङमार शेर्पालाई प्रदान

काठमाडौं—यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा. मिङ्मार शेर्पालाई प्रदान गरिएको छ । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शेर्पालाई स्वास्थ्यतर्फको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरेकी हुन् ।
जननेता स्वर्गीय मदन भण्डारीको स्मृति स्थापित उक्त पुरस्कार उनको ७२ जन्मजयन्तीका अवसरमा प्रदान गरिएको हो ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय छन् ।
उनको योगदान सोलुखुम्बमा स्वास्थ्य प्राविधिक शिक्षा पु¥याउनमा पनि रहेको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।
१२ असारमा मदन भण्डारी फाउण्डेसनको पुरस्कार छनोट समितिले उक्त पुरस्कार डा. शेर्पालाई प्रदान गर्ने निर्णय गरेको सार्वजनिक भएको थियो ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री
तपाईको प्रतिक्रिया दिनुहोस