२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वेक्षण भन्छ—८८ प्रतिशत घरपरिवारमा पर्याप्त खानेपानी

सर्वेक्षण भन्छ—८८ प्रतिशत घरपरिवारमा पर्याप्त खानेपानी


काठमाडौं—नेपालमा ८८ प्रतिशत घरपरिवारमा पर्याप्त खानेपानी उपलब्ध भएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समग्र नेपालमा पर्याप्त मात्रामा खानेपानी उपलब्ध भएको घरपरिवारको संख्या ८८ प्रतिशत रहेको देखाएको हो ।

प्रदेश अनुसार नेपालको खाने पानीको पहुँचमा कतै कम र कतै ज्यादा रहेको पाइएको छ । पिउने पानीको मुख्य स्रोत घर, आँगन, कम्पाउन्डभित्र जोडिएको पाइपको पानी, बोरिङ र ट्युबवेलहरु रहेका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले कम्तिमा आधारभूत पिउने पानीको सुविधाअन्तर्गत पिउने पानीको उपलब्धता, घर आँगन तथा पानी लिएर घरसम्म पुग्न ३० मिनेटसम्म लाग्ने अवस्था भएको घर परिवारलाई अधययनमा समावेस गरेको छ ।

अध्ययनले नेपालको सहरी क्षेत्रको घरपरिवारलाई ९८ प्रतिशत र ग्रामीण क्षेत्रको घरपरिवारलाई ९६ प्रतिशत खानेपानीको सुविधा पुगेको देखाएको छ । अझै पनि १ प्रतिशतले सिमित मात्रामा खानेपानीको सेवा पाएका छन् । २ प्रतिशत घरपरिवारमा खानेपानीको स्रोत सुधार गरिएको छैन । १ प्रतिशतभन्दा कम घरपरिवारले सतह अर्थात इनारको पानी प्रयोग गर्दछन् ।

फरक—फरक धरातलीय स्वरुप, त्यहाँको विकासको अवस्था र पानीको स्रोतको आधारमा प्रदेशअनुसार कतै कम मात्रामा पानी पहुँच छन् । कुनै प्रदेशमा पानीको पहुँच ज्यादा छ । सबैभन्दा धेरै खानेपानीको पहुँच भएको प्रदेश मधेश प्रदेशमा ९४ प्रतिशत घरपरिवामा खानेपानीको सेवा उपलब्ध छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ९३ प्रतिशत घरपरिवारले खाने पानीको सुविधा पाएका छन । सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत, कोशी प्रदेशमा ८८ प्रतिशत, गणडकी प्रदेशमा ८३ प्रतिशत, बागमती प्रदेशमा ८१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ७४ प्रतिशत घरपरिवाले खानेपानी सेवा र सुविधा पाएका छन् ।

पानी घर आँगनसम्म आइपुग्ने यसको मुख्य स्रोतहरु सहरी क्षेत्रमाभन्दा पनि ग्रामीण क्षेत्रमा धेरै रहेको उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ