नेपालमा औसतमा महिला १८ वर्ष र पुरुष २० वर्षमा पहिलो पटक सेक्स गर्छन्
कुन प्रदेशमा औसतमा कति वर्षमा पहिलो पटक यौनसम्पर्क राख्छन् ?

काठमाडौं—नेपालमा सरदर महिलाले १८ वर्षको उमेरमा र पुरुषले २० वर्षको उमेरमा पहिलो पटक यौनसम्पर्क राख्ने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य खुलाएको हो ।
२५ देखि ४९ वर्ष उमेर समूहका महिला पुरुषमा गरिएको अध्ययनले औसतमा महिलाहरुले १८.३ वर्षमा पहिलोपटक यौन सम्पर्क गर्ने गरेको र पुरुषले औसत २०.७ वर्षमा पहिलो पटक यौन सम्पर्क गर्ने गरेको पाइएको हो ।
त्यसैगरी, विवाह गर्ने उमेर पनि महिलाको औसत १८.३ वर्ष र पुरुषको २२.३ वर्ष देखिएको छ । ३१ प्रतिशत विवाह नै नगरेका मानिसले जीवनमा यौन सम्पर्क गरेको र ५ प्रतिशतले पछिल्लो ४ हप्तामा पनि यौन सम्पर्क गरेको बताएका छन् ।
८१ प्रतिशत महिलाहरुले विवाह दर्ता गराउने गरेको र १५-१९ वर्षभित्रमा विवाह ८ प्रतिशत रहेको अनुसन्धानमा पाइएको छ ।
अध्ययनले मधेश प्रदेशमा औसतमा १६.६ वर्षमा नै पहिलो पटक यौनसम्पर्क गर्ने गरेको देखाएको छ । यसैगरी, क्रमसः कर्णाली प्रदेशमा १९.४, बागमतीमा १९.७, कोशीमा १९.४ वर्षमा पहिलो पटक यौन सम्पर्क गर्ने देखिएको छ ।
अशिक्षित महिलाहरु औसतमा १६.९ वर्षमा र पुरुषहरु १९.५ वर्षमा पहिलो पटक यौन सम्पर्क गर्ने गर्छन् । शिक्षित महिला २४.५ वर्षमामा यौन सम्पर्क गर्ने गरेको अध्ययनकमा देखिएको छ ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री
तपाईको प्रतिक्रिया दिनुहोस