गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन हेल्थ आवाज बुधबार, २०८० असार ६ गते, १७:४७ मा प्रकाशित धुलिखेल—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको उद्घाटन गरेका छन् । बुधबार उनले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रको चौकोटमा संचालनमा ल्याएको योग तथा प्राकृतिक चिकित्सालयको शुभारम्भ गरेका हुन् । काठमाडौं विश्वविद्यालयले यही वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगिक साइन्स एण्ड विल विइङ) को पढाइ पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगको औपचारिक पढाइ प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताए । हरेक वर्ष उपचार सेवा महंगो हुँदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रशसनीय रहेको उनको भनाइ थियो । ‘योगको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले पहिलो पटक योग र प्राकृतिक चिकित्साको स्नातक तहको औपचारिक पढाइ सुरु गरेकोमा खुशी व्यक्त गर्दै सरकारले पनि यो विधाको विकासका लागि सहयोग गर्नुपर्ने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो