काठमाडौं—शहीद गंगालाल हृदय रोग केन्द्रले राष्ट्रपति रामचन्द्र पौडेलको अब्जरबेसनमा रहेको जनाएको छ । सोमबार अबेर अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक विज्ञप्ती जारी गर्दै पौडेल २४ घण्टे अब्जरबेसनमा रहेको जानकारी दिएका हुन् ।
उनले राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमा आएको समेत उल्लेख गरेका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएको र उहाँलाई चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँदछौं,’ अधिकारीले विज्ञप्तिमा भनेका छन् ।
मंगलबार राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको हो । अस्पताल स्रोतकाअनुसार मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि उनको एनजीओ गरेर रक्तनली खोलिएको हो । अहिले उनको गंगालालमा स्वास्थ्य लाभ गराइरहेका छन् ।
यसअघि शनिबार पनि उनलाई गंगालाल लगिएको थियो । तर, राष्ट्रपतिको स्वास्थ्य समस्याका विषयमा निजी सचिवालय र अस्पतालले विस्तृत विवरण अझैसम्म पनि उपलब्ध गराएका छैनन् ।