२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट ‘सामान्य’

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट ‘सामान्य’


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ । सोमबार दिउँसो अस्पताल पुगेको दाहालको पूर्ण स्वास्थ्य परीक्षण भएको हो ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ