२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, गंगालालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, गंगालालमा भर्ना


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि केही दिन सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर जाँच गरिरहेका थिए ।

अस्पताल स्रोतकाअनुसार उनलाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो । आइतबार पनि राष्ट्रपति जाँचका लागि केन्द्र पुगेका थिए ।

मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजीओ गरेर रक्तनली खोलिएको छ । अहिले उनको गंगालालमा उपचार जारी रहेको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भने यस विषयमा केही बोल्न चाहेनन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ