२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब नयाँ औषधि कम्पनी दर्ता नहुने स्वास्थ्यमन्त्रीको घोषणा

अब नयाँ औषधि कम्पनी दर्ता नहुने स्वास्थ्यमन्त्रीको घोषणा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अब औषधिका नयाँ कम्पनी दर्ता नगरिने घोषणा गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मंचले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दैं मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

उनले औषधि व्यवस्था विभागमा महानिर्देशकलाई पनि नयाँ कम्पनी दर्ता नगर्न र भइरहेको कम्पनीहरुको दह्रो नियमन दिएको बताए । ‘मैले विभागका महानिर्देशकलाई भनिसकेको छु नयाँ कम्पनी दर्ता नगर्नुहोस् । भएका कम्पनीहरुको पनि दह्रो नियमन गर्नुहोस्,’ उनले भने ।

औषधि कम्पनीहरुको विकासमा विधमान ऐन कानुनभित्र रहेर आफूले गर्न सक्ने सहयोग गर्ने बताउँदैं उनले औषधि उधोगीहरुले नाफामात्रै हिसाब किताब नगर्न आग्रह गरे । ‘औषधिजस्तो चीज नाफामा मात्रै हेर्नु हुँदैन्,’ उनले भने, ‘धर्म कर्मका हिसाबले पनि हेर्नुपर्छ ।’

मन्त्री बस्नेतले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेर जनतालाई सेवा दिने प्रतिवद्धता जनाएपनि बजेट कम रहेका कारण समस्या उत्पन्न भएको बताए ।

कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधिहरु गुणस्तरयुक्त भएको तर नेपाली समाजको मनोवृत्ति आयातीत सामानलाई मात्रै विश्वास गर्ने भएकाले हुँदा नेपाली औषधि उधोग फस्टाउन नसकेको बताए ।

संघका पूर्व अध्यक्ष दीपक दाहालले वार्षिक ७ अर्बको कच्चा पदार्थ भित्र्याएर २७ अर्बको व्यापार हुने जानकारी दिए । ‘२७ अर्बको ब्यापार भएतापनि बैंक ब्याज, रोजगारी वापतको पारिश्रमिकलगायतका विषयले गर्दा सबै रकम यही नेपालमै रहन्छ,’ उनले भने, ‘अझ आत्मनिर्भर हुन सक्यौ भने देशलाई आर्थिक रुपमा चलायमान बनाउन मद्धत पुग्छ ।’

औषधि व्यवस्था विभागमा महानिर्देशक नारायण ढकालले सरकारले तय गरेका नेपाली औषधि प्रवद्र्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ