२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार तीन व्यक्ति र तीन संस्थालाई

स्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार तीन व्यक्ति र तीन संस्थालाई


काठमाडौं–सूर्तिजन्य पदार्थ विरुद्ध काम गरेको भन्दैं सरकारले ६ जना व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । विश्व सूर्तिजन्य पदार्थरहित दिवसको अवसर पारेर सरकारले तीन जना व्यक्ति र तीन वटा संस्थालाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरेको हो ।

स्वास्थ्य कर कोष सचिवालयले प्रदान गर्ने विभिन्न विद्याका पुरस्कारमध्ये स्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार वरिष्ठ जनस्वास्थ्यविद् डा. रिता थापा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्त केसी र पत्रकारितातर्फ स्वास्थ्य पत्रकार पदमराज जोशीले पाएका छन् ।

उत्कृष्ठ काम गर्ने स्थानीय तहमा विराटनगर महानगरपालिका, राम्रो काम गर्ने संस्थातर्फ एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले पुरस्कार पाएका हुन् ।

नेपाल सरकारले सूर्तिजन्य पदार्थ सम्बन्धि कानुनी व्यवस्था उत्कृष्ठ बनाएको भन्दै वि.सं. ०७२ सालमा १ करोड रुपैयाँ राशीको ब्लुम्वर्ग पुरस्कार पाएको थियो । सोही पुरस्कारको बैकबाट आउने ब्याजबाट प्रत्येक वर्ष सूर्तिजन्य पदार्थ विरुद्ध काम गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्न निर्देशिका बनाइएको थियो ।

चार वर्ष पहिले पुरस्कार वितरण गरेतापनि त्यसपछि भने रोकिदैं आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ