२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयले सुझायो यस्ता ६ उपाय

डेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयले सुझायो यस्ता ६ उपाय


काठमाडौं—वर्षायाम नजिकिदैं जाँदा पुनः डेंगीको संक्रमणको खतरा बढेर गएको छ । तीब्र ज्वरो, कमजोरीजस्ता कारण खतरा मानिने डेंगी संक्रमण गत वर्ष डेंगी संक्रमणले भयावह रुप लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमणबाट बच्चका आग्रह गरेको छ । शनिबार मन्त्रालयले हरेक शुक्रबार विहान साढे १० बजे १० मिनेटको समय दिएर डेंगी विरुद्धको अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले हरेक शुक्रबार विहान साढे १० बजे सबै कर्मचारी सहभागी भएर सरकारी तथा सार्वजनिक कार्यलय हाताभित्र र वरपर सरसफाइ अभियान संचालन गर्न भनेको छ । यसैगरी, आम सर्वसाधाण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले आ—आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाएर डेंगी विरुद्धको अभियान सफल पार्न आग्रह गरेको छ ।

एडिज प्रजातिको लामखुट्टेले डेंगी संक्रमण गराउने भएकाले यसबाट मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । त्यसबाहेक मन्त्रालयले डेंगी संक्रमणबाट बच्नका लागि निम्न उपायहरु सुझाएको छ ।

—सधैं झुल टाँगेर सुत्ने
—खेतवारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
—घरको झ्याल ढोकामा जाली हाल्ने
—सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने
—घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने
—घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ