२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयोगद्वारा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई सिफारिस

आयोगद्वारा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई सिफारिस

डा. गिरीको कार्यकाल तीन महिना बाँकी हुँदैं नयाँ उपाध्यक्ष खोज्न बाटो खुल्यो


काठमाडौं–चिकित्सा शिक्षा आयोगको कार्यकारी परिषद बैठकले आयोगको दोस्रो कार्यकालका लागि कार्यकारी उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । आयोग स्रोतकाअनुसार मंगलबार बसेको कार्यकारी बैठकले सो एजेण्डा पास गरेको हो ।

‘आयोग नेतृत्वबिहिन नहोस् भनेर सरकारलाई समयमा नै जानकारी गराउन यो निर्णय गरिएको हो,’ आयोग स्रोतले भन्यो, ‘हाम्रा धेरै निकायमा नेतृत्वको पद सकिएको लामो समय हुँदा पनि नियुक्ति नहुने हुँदा आयोगले वर्तमान नेतृत्वको समयावधि सकिदाका बखत अर्को नेतृत्व तयार भइसकोस् भनेर यो निर्णय गरिएको हो ।’

चिकित्सा शिक्षा आयोगका वर्तमान कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल यही भदौ २६ गते सकिदैंछ । उनको कार्यकाल सकिन ३ महिनाभन्दा बढी समय बाँकी हुँदै आयोगले नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

सोमबार भएको आयोगको पूर्ण बैठकमा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले आफ्नो कार्यकालको अन्तिम बैठक रहेको समेत जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ