२०८१ फागुन २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटीइभिटीका ४ नर्सिङसहित ७२ नयाँ स्वास्थ्य संस्थाले पाए आशय पत्र (सूचीसहित)

सिटीइभिटीका ४ नर्सिङसहित ७२ नयाँ स्वास्थ्य संस्थाले पाए आशय पत्र (सूचीसहित)


काठमाडौं–चिकित्सा शिक्षा आयोगले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)अन्तर्गत संचालन हुने गरी ७२ वटा स्वास्थ्य संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आयोगको पूर्ण बैठकले देशभरीका ७२ वटा स्वास्थ्य प्राविधिक पढाउने प्रमाणपत्र तहका कार्यक्रम संचालन गर्ने प्रक्रिया सुरु गर्नलाई आसय पत्र प्रदान गर्ने निर्णय गरेको हो ।

जसमा ४ वटा नर्सिङ कलेज रहेका छन् । त्यसैगरी अधिकांश सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी रहेका छन् ।

चिकित्सा शिक्षा ऐन आउनु अघि टिएसएलसी अध्यापन गराइरहेका तर बीचमा छुटेका कलेजले यसपटक नयाँ प्रक्रियाबाट आसय पत्र पाएका हुन् ।

आसय पत्र पाएका कलेजहरुको सिटिइभिटी र आयोगको अनुगमनपछि अध्ययन अध्यापनका लागि सिट निर्धारण गरिने आयोगका निर्देशक डा. दिलिप शर्माले जानकारी दिए ।

सूचीसहित


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ