२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगाले उत्पादन गर्ने ‘इन्ट्राअकुलर लेन्स’लाई विश्व बजारमा ब्राण्डिङ गरिने

तिलगंगाले उत्पादन गर्ने ‘इन्ट्राअकुलर लेन्स’लाई विश्व बजारमा ब्राण्डिङ गरिने


काठमाडौं—सरकारले तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गरिरहेको ‘इन्ट्राअकुलर लेन्स’ लाई विश्व बजारमा ब्राण्डिङ गर्ने भएको छ । नीति तथा कार्यक्रममार्फत सरकारले तिलगंगाले उत्पादन गरिरहेको आँखाको लेन्सलाई विश्व बजारमा ब्राण्डिङ गर्ने उल्लेख गरेको छ ।

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पु¥याइनेछ,’ शुक्रबार संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले भने, ‘यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यवसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादिन लेन्सलाई विश्व बजारमा ब्राण्डिङ गरिनेछ ।

तिलगंगाले सन् १९९७ बाट सस्तो मुल्यको आँखाको लेन्स उत्पादन थालेको हो । यसबीचमा ४५ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक १५ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ ।

अहिले तिलगंगाको विश्वस्तरीय सफलता पाइरहेको छ । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क पाउने तिलगंगा दक्षिण एसियाकै तेस्रो हो ।

सबै वस्तुहरुमा परनिर्भर बनिरहेको नेपालजस्तो तेस्रो विश्वको गरिब देशबाट ४० लाख बढी लेन्स बेलायत, अमेरिका, क्यानडालगायतका पहिलो विश्वका मुलुकका नागरिकलाई उज्यालो संसार दिन सहयोगी भइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ