२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र

न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार न्याम्सका उपकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. बस्नेतलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

तत्कालीन भिसी डा. डिएन शाहको ३० फागुन कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति नियुक्त हुन सकेको छैन । सरकारले झण्डै दुई महिना अवधिसम्म पनि न्याम्सको निमित्त उपकुलपतिको जिम्मेवारी समेत तोक्न नसक्दा प्रतिष्ठानका शैक्षिक गतिविधीमा समस्या सिर्जना भएको थियो ।

दुई महिनापछि स्वास्थ्यमन्त्री बस्नेतले निमित्तको जिम्मेवारी डा. बस्नेतलाई दिएका हुन् । उनी वीर अस्पतालका पूर्व निर्देशक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ