२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय


काठमाडौं–वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् ।

डा. उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए ।

धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् ।

विभिन्न चिकित्सा क्षेत्रको विभिन्न उपलब्धिका कारण ब्यक्तिको औसत आयु बढेता पनि गुणस्तरीय जनजीवनमा भने सुधार नआएको गुनासो आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रहेको थियो ।

‘राष्ट्रिय धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस–२०७६’ को पुर्वसन्ध्याको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ