गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पताल कर्मचारी युनियनद्वारा न्याम्समा पदाधिकारी नियुक्त गर्न माग वीर अस्पताल कर्मचारी युनियनद्वारा न्याम्समा पदाधिकारी नियुक्त गर्न माग हेल्थ आवाज शुक्रबार, २०८० वैशाख २९ गते, १४:४२ मा प्रकाशित काठमाडौं—वीर अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्त गर्न माग गरेको छ । शुक्रबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैं युनियनले उक्त माग गरेको हो । न्याम्सका तत्कालीन उपकुलपति डा. डिएन शाहको कार्यकाल गत ३० फागुनमा सकिएको थियो । न्याम्समा रजिष्ट्रारलगायतका अन्य पदाधिकारी पनि रिक्त छन् । प्रतिष्ठानको कुलपति प्रधानमन्त्री र सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री हुने व्यवस्था छ । प्रतिष्ठानमा पदाधिकारी नहुँदा शैक्षिक,आर्थिक र प्रशासनिक काम ठप्प रहेको भन्दैं युनियनले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको हो । उसले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापकमध्ये बाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्नुपर्ने व्यवस्था गर्नसमेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant शरीरमा आइरनको कमी हुनुका ३ कारण प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब Omicron symptoms: What we know about illness caused by the new variant शरीरमा आइरनको कमी हुनुका ३ कारण